काठमाडौं- अष्ट्रेलियाले चौथो टी२० आईमा घरेलु टोली बंगलादेशमाथि तीन विकेटको जित हात पारेको छ। पाँच टी२० आई सिरिज बंगलादेशले दुई खेल अगावै जितिसकेको छ।
जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
अष्ट्रेलिया ड्यानियल क्रिष्टियनले सर्वाधिक ३९ रनको योगदान दिए। उनले १५ बलमा ५ छक्का र १ चौका प्रहार गरेका थिए।
यता, एश्टन अगर २७, मिचेल मार्श ११ र एश्टन टर्नर ९ रनमा आउट भए।
बंगलादेशका स्पिनर माहेदी हसन र मुश्ताफिजुर रहमानले २/२ विकेट लिए। नासुम अहमद र शोरिफुल इस्लामले एक/एक विकेट लिए।
त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रनमा समेटिएको थियो।
बंगलादेशका ओपनर मोहम्मद नइमले २८ रनको योगदान दिए। सकिब अल हसन १५,माहेदी हसन २३ र अफिफ हुसैनले २० रन जोडे।
अष्ट्रेलिया स्पिनर मिचेल स्विपसन र एन्ड्रयू टाईले ३/३ विकेट लिए। जोश हेजलवुडले २ र एश्टन अगरले एक विकेट लिए।
बंगलादेश पहिलो खेलमा २३ रन, दोस्रो खेलमा पाँच विकेट तथा तेस्रो खेलमा १० रनले विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।