काठमाडौं– क्रिकेटर पारस खड्काले लाइन मिले आफू राजनीतिमा पनि आउन सक्ने बताएका छन्।
आफ्नो सन्यासबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई अवसर आए र लाइन मिले राजनीति गर्ने सोचसमेत भएको बताएका हुन्। तर, आफ्नो प्राथमिकता भने क्रिकेट नै भएको उनले बताए।
आफूले क्रिकेटमा भोगेका घटनाबारे किताब लेख्ने सोच पनि भएको उनको भनाइ छ। ‘मसँग धेरै घटना र अनुभव छन्, जुन म भन्न सक्दिन। कुनै दिन किताब लेख्ने रुची पनि छ।’ तर, आफूले अहिले त्यसबारे नसोचेको पनि बताए।
मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन–३ जितेपछि टिममा पर्न नसकेका साथीहरुले कोठामा आफूलाई सिरक ओढाएर कुटेको प्रसंग पनि उनले सुनाए। ‘कसैले ब्याटिङ गर्न पाएनन् होला, कसैले बलिङको अवसर पाएनन् होला। ती साथीले सिरकले छोपेर पिटे। यस्ता धेरै घटना छन्। कुनै दिन किताब लेख्ने रहर पनि छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।