काठमाडौं– आर्थिक वर्ष २०७७/७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मंगलबार सम्पन्न वार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नयाँ ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजार भूकम्प पीडितले अनुदान सम्झौता गरेका छन्।
गत आवमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा सांस्कृतिक सम्पदा र नौ वटा सरकारी भवनको पुनर्निर्माण भएको प्राधिकरणको तथ्यांक छ। यस अवधिमा सुरक्षा निकायका नौ वटा भवनको पनि निर्माण सम्पन्न भएको छ।
कोभिड महामारीलगायत समस्याका बीच पनि गत आवमा पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको प्राधिकरणको भनाइ छ। निजी आवासतर्फ विनियोजित कुल २३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँमध्ये २१ अर्ब ५६ करोड आठ लाख खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।