• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माण यथाशीघ्र सुरु गर्न विकास समितिको निर्देशन

64x64
नेपाल लाइभ आइतबार, साउन १७, २०७८  १८:३५
1140x725
फाइल तस्बिर।

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरु क्षतिग्रस्त भएकोले यथाशीघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको छ।

आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्‍न सडकखण्डमा निर्माणाधीन पुल क्षतिग्रस्त भएका र ती पुलहरु क्षतिग्रस्त हुनुका कारण पत्ता लगाइ यथाशीघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो। समितिले सिरहा-धनुषा जोड्ने सडकअन्तर्गतको कमला पुल र गाइघाट-दिक्तेलअन्तर्गतको त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाइ छिटो पुनर्निर्माण कार्य सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। त्यसैगरी कमला र त्रियुगा नदीको पुल के कारणले क्षतिग्रस्त भयो भन्ने छानबिन गरेर समितिलाई सात दिनभित्र जानकारी गराउन पनि निर्देशन दिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। 

‘हालै अविरल वर्षाका कारण सिरहा, धनुषा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल भासिएको एवं गाइघाट दिक्तेल सडकखण्डअन्तर्गतको त्रियुगा नदीको पुल जग भासिएर स्ल्याब खसेको हुँदा निर्माणाधीन अवस्थामा रहेका पुलहरु क्षतिग्रस्त हुनुको वास्तविक कारण पत्ता लगाइ यथाशीघ्र पुल निर्माणको कार्य सुरु गर्न समिति पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ,' उनले भनिन्, 'साथै, पुल निर्माणमा भएको प्राविधिक त्रुटि लगायत भासिनुका विविध कारणहरु पहिचान गर्न समितिले उपयुक्त समयमा सो क्षेत्रको स्थलगत अनुगमन गर्ने। कमला नदीको पुल, त्रियुगा नदीको पुल लगायतका पुलहरु के कति कारणले क्षति भएको हो त्यो सात दिनभित्र छानबिन गरेर समितिलाई जानकारी दिन मन्त्रालयलाई निर्देशन दिइएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

समितिले अरनिको राजमार्गअन्तर्गतको विभिन्न सडक खण्डहरु क्षतिग्रस्त भएकाले सडकको स्तरोन्नति गर्न, आवश्यक पुलहरुको निर्माण गरी तत्काल यातायात सञ्‍चालन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। त्यस्तै पटक-पटक अवरुद्ध हुने नारायणघाट-मुग्लिन सडकखण्डको दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन र बिनाअवरोध यातायात सञ्‍चालन गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन गरेको समिति सभापति खड्काले बताइन्। 

समितिले सरकारलाई बाढी, पहिरोबाट सिर्जित समस्याको समाधान गर्न पूर्वसचेतना कार्यक्रमलगायत बाढी, पहिरो नियन्त्रणसम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ। तिनै तहको सरकारसँग समन्वय गरी तत्काल उद्धार, राहत र पुनर्स्थापनाको प्रबन्ध मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समितिको निर्देशन छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको बताए। यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालु अवस्थामा रहेको र ४९ वटा दुवैतर्फ सञ्‍चालनको अवस्थामा रहेको उनले बताए।

देशभर क्षति भएका पुलहरुमध्ये निर्माणाधीन पुलहरु बढी मात्रामा क्षति भएको भन्दै उनले त्यसको जवाफदेही निर्माण व्यवसायी आफैं भएको स्पष्ट पारे।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्