फाइल तस्वीर काठमाडौं– गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ।
सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना पुनर्निमाण गरी बुधबार रातिदेखि सञ्चाचलन गरिएको हो।
मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पुर्याएको विद्युत्गृहको संरचनाको मर्मतपछि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक श्रेष्ठले जानकारी दिए।
इन्द्रावतीमा आएको बाढीले तिपेनीस्थित बाँध भत्काउनुका साथै सिभिल कार्य तथा इलेक्ट्रिक मेसिनमा ठूलो क्षति पुगेको थियो।
बाढीले बालुवा थिग्राउने डिसेल्टिङ मेसिनको ढोका र अन्डर प्रेसको ढोकामा समेत क्षति पुगेकाले टावर तथा अन्य संरचनामा गरी साढे दुई करोडको क्षति पुगेको थियो।
डेढ महिनासम्म आयोजना बन्द रहँदा साढे पाँच करोड नोक्सान भएको डेपुटी प्लान्ट मेनेजर वसन्तलाल कर्णले जानकारी दिनुए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।