काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी२० वरीयतामा नेपालले सुधार गरेको छ।
आईसीसीले आइतबार सार्वजनिक वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लिएको हो। यस अघि नेपाल १३औं स्थानमा रहेको थियो।
टी २०को नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन्।
चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ। नेपाल एकदिवसीय वरीयतामा भने १६औं स्थानमा यथावत् रहेको छ।
एकदिवसीयमा न्युजिल्याण्ड शीर्षस्थानमा रहदा इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ। भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।