काठमाडौं- कोरोना महामारीका रोकिएको ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)टी २० क्रिकेट प्रतियोगिताका बाँकी खेलहरु १९ सेप्टेम्बरबाट सुरु हुने भएको छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार एक विज्ञप्ति जारी प्रतियोगिता बाँकी खेल युएईमा आयोजना हुने जानकारी दिएको हो।
बीसीसीआईका अनुसार २७ दिनमा बाँकी ३१ खेलहरु हुनेछन्। दुबईमा १३, आबुधाबीमा ८ र सारजाहमा १० खेल हुनेछ। फाइनल खेल भने अक्टोबर १५ मा हुनेछ।
समाचार एजेन्सी पीटीआईका अनुसार पहिलो क्वालिफायर खेल १० अक्टुबरमा हुनेछ। यस्तै, इलिमिनेटर ११ अक्टोबर र दोस्रो क्वालिफायर १३ अक्टुबरमा हुनेछ।
पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच हुनेछ। यो खेल अबुधाबीमा हुनेछ।
यस्तै, २७ सेप्टेम्बरमा शारजाहमा रोरोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ। दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ। यस्तै, चेन्नई सुपर किंग्स दोस्रो र रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।