फाइल तस्वीर काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु भएको छ। असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छ वटा टर्वाइन जोडिएका छन्। पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको आयोजनाले जनाएको छ।
यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ। साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने योजना बनाइएको छ।
साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिने आयोजनाको भनाइ छ। पहिलो चार युनिटबाट यसै महिना ३०४ मेगावाट विद्युत् उत्पादन हुनेछ।
आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।