काठमाडाैं- घरेलु टोली इङ्ल्यान्डले पाकिस्तानविरुद्ध तीन टी २० आई खेलको सिरिज जितेको छ। निर्णायक तेस्रो टी२० आई खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै २–१ ले सिरिज जितेको हो।
जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो।
इङ्ल्यान्डका ओपनर जेसन रोयले सर्वाधिक ६४ रनको योगदान दिए। उनले ३६ बलमा १२ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै, डेविड मलान ३१, जस बटलर २१ र कप्तान ओईन मोर्गन २१ रनमा आउट भए। अन्यले भने दाेहाेराे अंक छुन सकेनन्।
पाकिस्तानका स्पिनर मोहम्मद हफिजले ३ विकेट लिए। यस्तै, ईमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले एक/एक विकेट लिए।
त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेकाे पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो।
पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनमा अविजित रहे।
यस्तै, फखर जमान २४, हसन अली १५, शोहिब मकसुद १३ र बाबर आजम ११ रनमा आउट भए।
इङ्ल्यान्डका स्पिनर आदिल राशिदले ४ विकेट लिए। मोईन अलीले एक विकेट लिए।
इङ्ल्यान्डका लियाम लिभिङस्टोन 'प्लेयर अफ द सिरिज' चुनिए। उनले पहिलो खेलमा सानदार शतक प्रहार गरेका थिए। यस्तै, जेसन रोय 'प्लेयर अफ द म्याच' चुनिए।
पाकिस्तान पहिलो टी२० खेलमा ३१ रनले विजयी हुँदा दोस्रो खेलमा ४५ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।