काठमाडाैं- अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयनमा जोड दिन पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गरेका छन्।
साेमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरुसँग छलफल गरिएकाे उनले जानकारी दिएका हुन्।
छलफलमा पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित भौतिक, शहरी, उर्जा, खानेपानी र संघीय मामिला लगायतका मन्त्रालयका सचिव, महानिर्देशकलगायतका पदाधिकारी उपस्थित थिए।
पूँजीगत खर्चमा तीव्रता प्रदान गरि समग्र विकास प्रयासलाई परिणाममुखी बनाउने बिषयमा छलफल गरिएकाे उनले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।