काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगोलिया, स्विट्जरल्यान्ड र ताजिकिस्तानलाई सदस्यता दिएको छ।
आईसीसीको ७८औं वार्षिक साधारण सभाले आइतबार थप तीन राष्ट्रलाई सदस्यता दिएको हाे।
मंगोलिया र ताजिकिस्तान एसिया रिजनको २२औं र २३औं सदस्यता पाउने राष्ट्र हाे। स्विट्जरल्यान्ड युरोपको ३५औं सदस्यता पाउने राष्ट्र हो।
याेसँगै ९४ एसोसियट टोलीसहित आईसीसीको सदस्य राष्ट्रको संख्या १ सय ६ पुगेको छ।
मंगोलिया क्रिकेट एसोसिएसन (एमसिए) २००७ सालमा स्थापना भएको थियाे। २०१४ मा स्विट्जरल्यान्डमा क्रिकेट संघको गठन गरिएकाे थियाे ।
यता, ताजिकिस्तानमा २०११ मा क्रिकेट संघ गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।