काठमाडाैं- लेग स्पीनर सन्दीप लामिछाने नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित भएका छन्।
क्रिकेटमार्फत् नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शनिबार सन्दीपलाई नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित गरेको हो।
सन्दीप सम्मान कार्यक्रममा भने उपस्थित थिएनन्। उनी यही जुलाई २१ देखि शुरु हुने ‘दी हन्ड्रेड’ क्रिकेट खेल्नका लागि हाल इंग्ल्याण्डमा रहेका छन्। पहिलो संस्करणमा सन्दीपले ओभल इन्भिन्सिबलबाट खेल्ने छन्।
‘यहाँहरुको स्नेह, साथ एवं सम्मानले अझ जिम्मेवारी थपिदै गएको अनुभव गरेको छु। साथै देशका निम्ति अझ सशक्त रुपमा आफ्नो खेल कौशलतामा केन्द्रित हुने हौसला प्रदान भएको छ अनि अझ ऊर्जाशील बन्न प्रेरित गरेको छ। नेपाल नवप्रतिभा सम्मानद्वारा मलाई सम्मानित गर्नुभएकोमा श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धेरै धेरै धन्यवाद!,’ सामाजिक सञ्जालमार्फत सन्दीपले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।