काठमाडाैं- नेपाली राष्ट्रिय टोलीका नियमित तीव्र गतिका बलर सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन्।
चितवनले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा मार्की खेलाडीसमेत रहेका सोमपालले टाेलिकाे कप्तानी गर्ने जानकारी दिएकाे हाे।
यसअघि भएको ईपीएलमा चितवनको कप्तानी पृथु बास्कोटाले गरेका थिए। साेमपाल काठमाडौं किङ्स ११ बाट ईपीएलको प्लेयर ट्रेड नियम अनुसार चितवन पुगेका हुन्। यता, चितवनका दीपेन्द्र सिंह ऐरी काठमाडौंमा आइपुगेका थिए।
सोमपालले पहिलोपटक चितवनबाट ईपीएल खेल्दैछन्।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।