काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने टी २० विश्वकपको समूह विभाजन गरेको छ।
आईसीसीले २० मार्च २०२१ सम्मको टी २० वरीयताको आधारमा शुक्रबार समूह विभाजन गरेको हो।
सहभागि १६ टिमले मध्ये ८ टाेलीले पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ८ टाेली सिधैं सुपर १२ मा पुगेका छन्। सुपर १२ को पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ।
पहिलाे चरणकाे समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्।
यस्तै, समूह ‘बी’ बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान रहेका छन्। यी दुई समूहका विजेता र उपविजेता गरी चार टिम सुपर १२ मा पुग्नेछन्।
सुपर १२ को समूह विभाजनमा भारत र पाकिस्तान समूह २ मा परेका छन्।

यस समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डका दुई टिमले स्थान बनाउने छन्। पहिलो राउण्डको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन्।
समूह १ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘ए’ विजेता र समूह ‘बी’ उपविजेताबीच खेल हुनेछ।
प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुने आईसीसीले जनाएको छ।
प्रतियोगिताको खेल तालिकामा भने आईसीसीले प्रकाशन गरेको छैन।
पहिलो चरण
समूह ‘ए’ : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह ‘बी’ : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर १२
समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘ए’ विजेता, समूह ‘बी’ उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ उपविजेता, समूह ‘बी’ विजेता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।