काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको ‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोच’का लागि आवेदन खुला गरेको छ।
क्यानले बुधबार एक सूचना जारी गर्दै टिमको लागि उक्त पदमा आवेदन खुल्ला गरेको जानकारी दिएको हो।
जसका लागि ‘लेभल टु सर्टिफाइड फिटनेस ट्रेनर’ हुनुपर्ने क्यानले शर्त राखेको छ।
त्यसका लागि बेलायत, अष्ट्रेलिया वा भारतको संस्थाबाट सर्टिफिकेट लिएको हुनुपर्ने सूचनामा उल्लेख छ।
यस्तै, क्रिकेट टिमसँग काम गर्ने चाहना भएको र स्पोर्ट्स टिमसँग कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ।
इच्छुक व्यत्तिले यही जुलाई २४ सम्म [email protected] मा बायोडाटा (सिभी) पठाउन सक्ने क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।