काठमाडाैं- भारत र श्रीलंकाबीचको एकदिवसीय र टी २० क्रिकेट सिरिजको परिवर्तित खेल तालिका सार्वजनिक भएको छ।
घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना संक्रमण देखिएपछि सिरिज पाँच दिन पर सारिएकाे हाे।
इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावर र निरोशनलाई कोरोना पोजेटिभ देखिएको थियो।
यसअघि एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुने भनिएकाे थियाे। नयाँ तालिका अनुसार जुलाई १८ मा पहिलो, जुलाई २० मा दोस्रो र तेस्रो एकदिवसीय जुलाई २३ मा हुनेछ।
यस्तै, तीन खेलको टी २० सिरिज जुलाई २५ मा सुरु हुनेछ। यसअघि टी २० जुलाई २१ बाट सुरु हुने तालिका रहेको थियो।
दुई टिमबीचको दोस्रो टी २० २७ जुलाई र तेस्रो जुलाई २९ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।