काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई आयोजनाका लागि मान्यता दिएको छ।
आयोजक ईपीएल प्रालिले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी असोजमा हुने चौथो संस्करणलाई आईसीसीले मान्यता दिएको जनाएको हाे।
नेपाल क्रिकेट संघ (क्यान)ले भने यसअघि नै ईपीएल आयोजनाका लागि अनुमति दिइसकेको छ। आईसीसीको मान्यता पाएसँगै विदेशी खेलाडीको लागि पनि ईपीएल खेल्ने बाटो खुलेको छ।
ईपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ। गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म मैदानमा हुने तय भएपनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो।
ईपीएलमा साविक विजेता ललितपुर प्याट्रिओट्ससँगै काठमाडौं किङ्स ११, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्ल्याडियटर्सले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।