काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेण्ड टिचरले गत वैशाखमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच सम्पन्न टी२० आई त्रिकोणात्मक सिरिजको उपाधि विजेतालाई सम्मान स्वरुप पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
बिहिबार एक कार्यक्रमका बीच माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप पाँच लाख र उक्त प्रतियोगितामा डेब्यू गरेका चार खेलाडीलाई जनही एक लाख प्रदान गरेको हाे।
ओपनर कुशल भुर्तेल, आसिफ शेख, स्पिनर साहब आलम र तीव्र गतिका बलर कमलसिंह ऐरीले उक्त सिरिजबाट नेपालको टी २० आई टोलीमा डेब्यू गरेका थिए।
नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो। उक्त त्रिकोणात्मक सिरिजमा कुशल, आशिफ, कमल र साहबले डेब्यू गर्दै उच्च प्रदर्शन गरेका थिए।
डेब्यू खेलको सुरुवाती तीनै खेलमा अर्धशतकका साथ कुशल भुर्तेलले कुल २ सय ७८ रन बनाएका थिए। अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखले ५ खेलमा एक अर्धशतकसहित १ सय ५४ रन बनाएका थिए।
अन्तिम दुई खेल खेलेका कमलले ५ र स्पिनर साहबले ३ खेलमा २ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।