काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी २० वरीयतामा नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेलले सुधार गरेका छन्।
आईसीसीले अपडेट गरेको टी २० नयाँ ब्याटिङ वरीयतामा कुशल ६०औं स्थानमा रहेका छन्। यसअघि उनी ६१औं स्थानमा थिए।
कुशल बंगलादेशका शकिब अल हसनभन्दा अघि रहेका छन्।
घरेलु भूमिमा भएको त्रिकोणात्मक टी २० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन्।
डेब्यू प्रतियोगिताको शुरुवाती तीनै खेलमा कुशलले अर्धशतक प्रहार गरेका थिए। उक्त सिरिजमा कुशलले ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाएका थिए।
यता, नेपालका पूर्वकप्तान पारस खड्का ८८औं स्थानमा यथावत् रहेका छन्। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ९२औं स्थानमा रहेका छन्। उनको दुई स्थान सुधार भएकाे छ।
बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ७६ औं स्थानमा यथावत् रहेका छन्। नेपाल टी २० वरीयताको १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।