• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

पीडालाई जितमा बदल्ने पर्खाइमा इंग्ल्याण्ड

64x64
नेपाल लाइभ मंगलबार, असार १५, २०७८  १७:४७
1140x725

काठमाडाैं- फुटबलको महाकुम्भ युरोकप २०२० को समूह ‘एफ’। यो समूहमा जर्मनी, फ्रान्स र पोर्चुगल थिए। 

फ्रान्स साविक विश्व विजेता हो। यस्तै, पोर्चुगल युरोकपको साविक विजेता थियो भने जर्मनीले तीन पटक यही प्रतियोगिताको उपाधि जितिसकेका कारण यो समूहलाई ‘ग्रुप अप डेथ’ मानिएको थियो। त्यसैले यो समूहको खेल रोचक हुने आकलन जोकोहीले गरेका थिए।

भयो पनि त्यस्तै। फ्रान्स चार अंकसहित शीर्ष स्थानमा थियो। यता, जर्मनी र पोर्चुगलको समान तीन र हंगेरीको एक अंक थियो। 

समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो। तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

यता, समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित हुनपुग्यो।

यो समूह यस्तो रोचक मोडमा पुगेको थियो कि यी चार टोलीमध्ये कुन टोली प्रतियोगिताबाट बाहिरिने हो भन्ने अन्तिम खेलबाट मात्र टुंगो लाग्ने पक्का थियो। जसको निर्धारण एकै समयमा भइरहेको खेलले गर्ने थियो। 

अन्ततः हंगेरीविरुद्ध दुई पटक पछि परे पनि जर्मनी अन्त्यतिर २-२ को उत्कृष्ट कमब्याक गर्दै समूह उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो। त्यसको नायक थिए लिओन गोरेट्ज्का। उनले खेल सकिन छ मिनेटअघि गरेको बराबरी गोलमा जर्मन टोलीले अन्तिम १६ को यात्रा तय गरेको थियो।

यता, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत् दुई गोल गर्दै फ्रान्सलाई २-२ को बराबरीमा रोकेपछि फ्रान्स समूह विजेता बन्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

योसँगै इंग्लिस समर्थकहरूले जसलाई सबैभन्दा कठिन प्रतिस्पर्धी ठानेका थिए, त्यही जर्मनीसँग इंग्ल्याण्डको प्रि-क्वार्टरफाइनल भेट पक्का भयो। हुन त इंग्ल्याण्डले समूह चरणमा अपराजित रहने क्रममा कुनै गोल खाएन। पहिलो खेलमा क्रोएसियालाई र अन्तिममा चेक रिपब्लिकलाई हराएको इंग्लिस टोली स्कटल्यान्डविरुद्ध भने गोलरहित बराबरीमा रोकिएको थियो।

त्यही टोली जर्मनीसँग आज अन्तिम १६ को खेलमा इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दै छ। यो खेल नेपाली समयअनुसार राति ९ः४५ मा सुरू हुनेछ। यस खेलको विजेताले क्वार्टरफाइनलमा स्वीडेन र युक्रेनबीचको खेलको विजेतासँग खेल्नेछ।

फाइनल यात्राका लागि सेमिफाइनलमा चेक रिपब्लिक र डेनमार्कको विजेतासँग खेल्नुपर्नेछ। त्यसैले पनि यस खेलमा जित हासिल गर्ने टोलीका लागि फाइनल यात्रा तुलनात्मक रूपमा केही सहज हुने देखिन्छ।

प्रतिष्ठाको लडाइँ
तीन पटकको युरोकप र चार पटकको विश्व विजेता भए पनि जर्मनी पछिल्लो समय लयमा देखिएको छैन। २०१८ को विश्वकपमा यो टोली समूहचरणबाटै बाहिरिएको थियो। त्यसयता, तीन वर्षसम्म टोलीमा विभिन्न प्रयोग गरे पनि अझै सन्तुलित टोली बन्न सकेको छैन। 

Xtrem

Xtrem

जर्मनीका प्रशिक्षक जोचिम लोउले युरोकप २०२० पछि पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन्। त्यसकारण यो प्रतियोगिता उनको प्रतिष्ठाको लडाइँ पनि हो। उनी निश्चय नै जर्मनीलाई युरोकपको उपाधि दिलाएरै बिदा हुन चाहान्छन्। त्यसैले अन्तिम आठमा पुग्न इंग्ल्याण्डविरुद्धको खेल जित्नुको उनीसामु विकल्प हुने छैन। 

तर, इंग्ल्याण्ड पनि कम आँक्न मिल्ने टोलीका रूपमा छैन। यो त्यही टोली हो जसले सन् १९६६ मा पश्चिम जर्मनीलाई हराएर विश्वकप जितेको थियो।

तर, त्यसयता इंग्ल्याण्डले कुनै ठूलो प्रतियोगिता जित्न सकेन। सन् १९९० को विश्वकपमा पनि इंग्ल्याण्ड टाइब्रेकरमै जर्मनीसँग पराजित भयो।

त्यो खेलमा जर्मनीले आन्द्रेज ब्रेहमको गोलले अग्रता लिएको थियो। उनले प्रहार गरेको फ्रि-किक डिफ्लेक्ट हुँदा ग्यारी लिनेकरले बराबरी गोल फर्काए। यो खेल पउल ग्यास्कोइनका लागि सम्झने गरिन्छ।

किनभने, यसमा उनले पहेँलो कार्ड खाएका थिए र त्यसले गर्दा उनले फाइनल खेल्न पाएनन्। उनले आफ्नो आँसु रोक्नै सकेनन्। पछि सबै इंग्ल्याण्डका खेलाडीको यही स्थिति बन्यो। इंग्ल्याण्डका लागि स्टुवार्ट पिरेस र क्रिस वाडलको प्रहार पोस्टमा लागेको थियो।

यस्तै, १९९६ को जुन २६ मा वेम्बली स्टेडियममा भएको युरोको सेमिफाइनलमा पनि इंग्ल्याण्ड जर्मनीसँगै टाइब्रेकरमा ६-५ गोलले पराजित भयो। उक्त खेलमा पेनाल्टीमा चुक्ने खेलाडी थिए गारेथ साउथगेट। उनी अहिले इंग्ल्याण्डका प्रशिक्षक हुन्। 

त्यो खेलमा एलन सियरले इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए भने स्टेफान कुन्ट्जले जर्मनीलाई बराबरीमा ल्याएका थिए। 

निकै नै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १-१ को बराबरीपछि अतिरिक्त समयमा धकेलिएको थियो। त्यहाँ पनि नतिजा निस्कन नसक्दा खेल पुग्यो टाइब्रेकरमा। 

जसमा साउथगेट चुके र जर्मनी विजयी भयो।

त्यसपछि यी दुई टोलीको भेट भयो सन् २०१० मा। दक्षिण अफ्रिकामा भएको फिफा विश्वकपमा जर्मनीसँग ४-१ ले पराजित हुँदै इंग्ल्याण्ड अन्तिम १६ बाटै बाहिरिएको थियो।

यस प्रतियोगितामा जर्मनी २-१ ले अघि रहेका बेला इंग्ल्याण्डका फ्रयाङ्क लाम्पार्डले गरेको गोल कसले बिर्सन सक्छ र? उनले गरेको सशक्त प्रहार पोस्टभित्रै छिरेको थियो।

तर, उनको गोललाई रेफ्रीले मान्यता दिएनन्। जबकि, भिडियोमा बल गोल पोस्टभित्र छिरेको प्रस्टै देखिन्थ्यो। उक्त गोलले मान्यता नपाउँदा इंग्ल्याण्डको ‘कमब्याक’ हुन सकेन। बरू उल्टै थप दुई गोल खायो। 

उक्त खेलमा नायक बने थोमस मुलर। उनले दुई गोल थपेर जर्मनीलाई ४-१ को फराकिलो जित दिलाए। यस खेलपछि गोललाइन टेक्नोलोजीको प्रयोगबारे बहस थप फराकिलो बन्यो र दुई वर्षपछि फिफाले २०१४ को ब्राजिलमा भएको विश्वकपमा यसको प्रयोग पनि थाल्यो। जारी युरोकपमा पनि पहिलोपटक यो प्रविधिको प्रयोग गरिएको छ। 

त्यो पीडालाई सायदै इंग्लिस खेलाडी र समर्थकले भुलेका छन्। तर, बितेको कुरा व्यर्थ हो। त्यसैले यसपल्ट जर्मनीसामू आफ्नो इतिहास सच्याउने अवसर हुनेछ, इंग्ल्याण्डलाई।

यस्तो छ ‘हेड टु हेड’ 
यी दुई टोली युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन्। इंग्ल्याण्ड र जर्मनी वेम्बलीमा खेल्न लागेको यो १३ औं पटक हो। 

यद्यपि, घरेलु मैदान वेम्बलीमा इंग्ल्याण्डको यो ३०० औं खेल हुनेछ। यसअघि भएका १२ खेलमा जर्मनीले छ खेल जित्दा इंग्ल्याण्डले चार खेल जितेको छ र दुई खेल बराबरीमा सकिएको छ।

समग्रमा यी दुई टोलीबीच ३२ खेल हुँदा दुवैले समान १३ खेल जितेका छन्। छ खेल भने बराबरीमा सकिएका थिए।
 
वेम्बलीमा जर्मनी र इंग्ल्याण्डको आजको खेल हेर्न ४० हजार दर्शक उपस्थित हुनेछन्।

हंगेरीविरुद्ध जर्मनीले बराबरी गोल फर्काएयता नै यो खेललाई लिएर इंग्ल्याण्डमा चर्चा-परिचर्चा छ।

जर्मन प्रशिक्षक लोउ पनि यस खेललाई लिएर उत्साहित छन्। 

‘यो निकै ठूलो भिडन्त हुनेछ। यद्यपि, जर्मनीले प्रतियोगितामा शानदार सुरुआत गर्न सकेको छैन र केही हदसम्म इंग्ल्याण्ड मेरो लागि सहज प्रतिद्वन्द्वी हुनसक्छ,’ उनले भने। 

ठूला प्रतियोगितामा दुई टोलीबीच नकआउट चरणमा जर्मनी सधैं भाग्यमानी सावित हुँदै आएको छ।

यता, जर्मनीका पूर्वप्रशिक्षक योर्गन क्लिन्सम्यानले यो खेलको मज्जा लिने बताए। ‘जर्मनी र इंग्ल्याण्ड दुवै उस्तै अवस्थामा छन्,’ उनले भने, ‘मलाई लाग्छ यो बराबरीको लडाइँ हुनेछ र जो टोली फर्ममा छ, उसैको पक्षमा नतिजा आउनेछ।’

इंग्ल्याण्डका पूर्वमिडफिल्डर डेनी मर्फी जर्मनीसँग डराउनुपर्ने कारण नरहेको बताउँछन्। ‘हामीसँग प्रतिभाशाली खेलाडी छन्, डराउनुपर्ने केही छैन,’ उनले भने। 

‘प्लेयर्स टु वाच’
इंग्लिस फुटबलमा पछिल्लो समय दुई प्रशिक्षक छाएका छन्, लिभरपुलका योर्गन क्लोप र चेल्सीका थोमस टुचेल। अहिलेको जर्मन टिमका छ खेलाडी प्रिमियर लिगमा खेल्ने गर्छन्।

उनीहरूमा सबैभन्दा ठूला दुई नाम हुन्, काइ हाभेर्ज र टिमो वेर्नर। उनीहरू लयमा रहेका छन्।

अघिल्लो महिना प्रिमियर लिग क्लब चेल्सीका आक्रामक मिडफिल्डर हाभेर्जले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको एकमात्र निर्णायक गोल गरेका थिए। 

२२ वर्षीय हाभेर्जले युरोकप २०२० मा पोर्चुगल र हंगेरीविरुद्ध एक/एक गोल गरिसकेका छन्। यसक्रममा उनले नौ पटक पोस्टमा प्रहार गरेका थिए। उनको ८४ प्रतिशत पास सफल रहेको छ।

उनले कुनै पनि क्षणमा इंग्ल्याण्डलाई अप्ठ्यारो पार्नसक्छन्। हाभेर्जले जर्मन टिमको लागि १७ खेलमा पाँच गोल गरेका छन्।

यता, समूह चरणमा अपराजित रहेको इंग्ल्याण्डले कुनै गोल खाएन। जारी प्रतियोगितामा हालसम्म गोल नखाने एकमात्र टोली हो इंग्ल्याण्ड। 

यसको जस भने इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डलाई जान्छ। उनले तीनै खेलमा ‘क्लिनसिट’ राखे।

२७ वर्षीय पिकफोर्डले जर्मनीविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। उनले चार वर्षयता इंग्ल्याण्ड र प्रिमियर लिग क्लब एभर्टनको पोस्टमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्