काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुरले आफू नै पहिलो नम्बरको अध्यक्ष भएकाे भन्दै २० कार्यकारिणी सदस्य थप गरेको पत्र निर्वाचन आयोगलाई बुझाएका छन्।
उनले गत शुक्रबार लिखित पत्र बुझाएकाे आयोगले जनाएकाे हाे। पार्टीले नै आफूलाई कार्यकारी अधिकार दिएकाले थप गरिएका २० कार्यकारी सदस्यलाई मान्यता दिन ठाकुरले आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘आफू रहेको समिति नै आधिकारिक समिति हो भनेर ठाकुरपक्षले लिखित जवाफ पठाउनु भएको छ,’ श्रेष्ठले भने,‘उपेन्द्र–बाबुरामपक्षले गरेको दाबीलाई खारेज गर्दै आफ्नो पक्षलाई मान्यता दिन उहाँले आग्रह गर्नुभएको छ।’
यसअघि ठाकुरपक्षले पत्रको जवाफ १५ दिन माग गरेपछि आयोगले समय उपलब्ध गराएको थियो। ठाकुरपक्षले आफ्नो पक्षका २० जना कार्यकारीणी समिति थप गरेर बहुमत पुर्याएर उपेन्द्र यादवलाई कारबाही गर्न माग गरेका छन्।
उपेन्द्रपक्षलाई निष्काशन गरेर पार्टी आधिकारिकता आफूले पाउनुपर्ने उनकाे दाबी छ। यता, आयोगमा उपेन्द्रपले ठाकुरसहित सर्वेन्द्रनाथ शुक्ला,राजेन्द्र महतो लक्ष्मणलाल कर्णलाई कारबाही गरेको पत्र बुझाएको थियो ।
लगतै मन्त्री हुन थप नेताहरु गएपछि ९ जनालाई समेत कारबाही गरेर पार्टीबाट निष्काशन गरेको पत्र उपेन्द्रपक्षले आयोगमा बुझाएकाे थियाे।
५२ जना कार्यकारिणी समिति (रेशम चौधरी जेल) मध्ये ३२ जना आफ्नो पक्षमा भएको भन्दै पार्टी आधिकारिता आफूहरुले पाउनुपर्ने उपेन्द्रपक्षको भनाइ छ।
यी हुन् थप गरिएका २० कार्यकारिणी सदस्य
१.बाबुलाल साह
२.विजय गुप्ता
३.अर्जुन उप्रेती
४.अरविन्द साह
५.जयप्रकाश ठाकुर
६.उपेन्द्र महतो
७.मुकेश झा
८.शतरजित यादव
९.एकवाल मियाँ
१०.रमेश पटेल
११.विमल श्रीवास्तव
१२.उमाशंकर अरगरिया
१३.सन्तोष मेहता
१४.डा विजय सिंह
१५.कृष्ण सिंह
१६.प्रमेश्वर साह
१७.अभिराम शर्मा
१८.राजिव झा
१९.सुरेश मण्डल
२०.डा सुरेन्द्र झा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।