काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग गरेका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई उनले साेमबार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् अस्थायी आवास निर्माणका लागि सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए।
‘प्रशासनले सहयोग सामग्री वितरणमा एकद्वार प्रणाली लगाएको छ । त्यसै अनुसार उहाँहरुलाई सामग्री हस्तान्तरण गरेका छौं,’ उनले भने।
याे सामग्री हेलम्बु गाउँपालिकाका बाढी पीडितकाे अस्थायी आवास निर्माणका लागि प्रयाेग हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।