काठमाडाैं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसपटककाे टी २० विश्वकप युएईमा आयाेजना हुनसक्ने जनाएको छ।
बीसीसीआईका सचिव जय शाहले कोरोना महामारीका कारण भारतमा विश्वकप हुने सम्भावना कम रहेको बताएका हुन्।
‘कोरोना महामारीको कारण हामी युएईमा टी २० विश्वकप आयोजना गर्न सक्छौं। हामी परिस्थितिलाई नियालेर हेरिरहेका छौं। हामी छिट्टै यस बारे निर्णय लिने छौं,’ उनले भने।
उनले भने खेलाडीहरूको स्वास्थ्य र सुरक्षा आफ्नो लागि सर्वमहत्त्वपूर्ण रहेको बताए।
यद्यपि, केही दिन पहिला मात्रै बीसीसीआईले सन् २०२४ देखि आगामी ८ वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले गर्ने ठूला प्रतियोगिता आयोजना गर्न तयार रहेको जनाएको थियो।
बीसीसीआईले २०२५ मा हुने च्याम्पियन्स ट्रफी, २०२८ मा हुने टी–२० विश्वकप र २०३१ मा हुने एकदिवसीय विश्वकप आयोजना गर्नका लागि बोली लगाउने योजना बनाएको छ।
सन् २०२५ को च्याम्पियन ट्रफीको साथसाथै २०२८ को टी २० विश्वकप र २०३१ मा हुने ५० ओभरको विश्वकप आयोजना गर्न बोली लगाउने तयारीमा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।