काठमाडौं- टेलिहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौं किंग्स ११ ले मुख्य प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको छ।
एभरेष्ट प्रिमियर लिग (ईपीएफ) फ्रेन्चाइज काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गरी आगामी सिजन २०२१/२२ का लागि प्रशिक्षकको आवेदन खुला गरेको हाे।
काठमाडौंको प्रशिक्षकमा विनोद दास थिए। तर, उनी अहिले नेपाल क्रिकेट संघ (क्यान)को क्रिकेट म्यानेजर रहेकोले काठमाडौंले नयाँ प्रशिक्षकको खोजी गरेको हो।
२०७६ को चैतमा ईपीएल आयोजना गर्ने तय भए पनि कोरोना महामारीले गर्दा स्थगित भएको थियो। अब ईपीएलको चौथो संस्करण आगामी असोजमा हुने तय छ।
प्रशिक्षक पदका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै प्रशिक्षकले आवेदन दिन सक्नेछन्। काठमाडौंले प्रशिक्षकका लागि फर्स्ट क्लास र अन्तर्राष्ट्रिय म्याच खेलेको अनुभव हुनुपर्ने बताएको छ।
यस्तै, प्रशिक्षक बन्नका लागि आईसीसी/एसीसी वा सीए लेभल २ वा त्यो भन्दामाथिको योग्यता हुनुपर्ने जनाइएकाे छ। यस्तै, फेन्चाइज टिम र अन्तर्राष्ट्रिय लिगमा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
इच्छुकहरुले आगामी जुलाई २० सम्म आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।