काठमाडाैं- लगातार भारी वर्षाको कारण भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल पुन: राेकिएकाे छ।
साेमबार हुने भनिएकाे चौथो दिनकाे खेल एक बल पनि नभई रद्द भएकाे छ। योसँगै फाइनल बराबरीमा सकिने सम्भावना बढेको छ।
आईसीसीको फाइनल नियम अनुसार वर्षाले प्रभावित भएमा छैटौं दिनमा पनि खेल हुनेछ।
फाइनलको पहिलो दिन वर्षाको कारण टस पनि हुन नपाई सकियो थियो। दोस्रो दिन वर्षा र ब्याड लाइटको कारण ६५ ओभर मात्र खेल भएकाे थियाे। तेस्रो दिन अन्त्यतिर ब्याड लाइटको कारण खेल प्रभावित भएकाे थियाे
चौथो दिनको समाप्तिमा न्युजिल्यान्ड पहिलो इनिङ ४९ ओभरमा २ विकेट गुमाउँदै १ सय १ रनको अवस्थामा छ। पहिलो इनिङमा न्युजिल्यान्ड १ सय १६ रनले पछि रहेको छ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सन ३७ बलमा १ चौकासहित १२ रनमा अविजित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।