काठमाडाैं- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विश्व टेस्ट च्याम्पियनसिपको दोस्रो दिन शून्यमै आउट भएका छन्।
विश्व टेस्ट च्याम्पियनसिपको पहिलो दिन ४४ रन बनाएर नटआउट रहेका कोहली आज दोस्रो दिन ब्याटिङ गर्न आएका थिए। तर, ८ बलको सामना गरेका कोहली एक रन पनि नबनाइ आउट भए।
उनले हिजाे ४४ रन बनाएका थिए। उनका लागि आज अर्थात २० जून विशेष दिन हो। आजभन्दा १० वर्षअघि आजकै दिन कोहलीले वेस्ट इण्डिजविरुद्धको अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए।
टेस्ट करिअरको ठिक १० वर्ष पुगेको ऐतिहासिक दिनमा कोहलीले शून्यमा आउट भए।
पहिलो इनिङमा उनी १० बल खेलेर ४ रन बनाएर आउट भएका थिए। दोस्रो इनिङमा उनले ५४ बल खेलेर १५ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।