काठमाडाैं- क्रिकेटर विराट कोहली सर्वाधिक टेष्ट खेलमा कप्तानी गर्ने भारतीय खेलाडी बनेका छन्।
पूर्वकप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई पछि पार्दै कोहली भारतबाट सर्वाधिक टेष्ट खेलमा कप्तानी गर्ने खेलाडी बनेका हुन्। कोहलीले २०१४ देखि भारतको टेष्टमा कप्तानी गर्दै आएका छन्।
शनिबार आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डविरुद्धकाे खेलसँगै ६१औं खेलमा कोहली कप्तानी गरिरहेका छन्।
कोहलीले आफ्नो कप्तानीमा भारतलाई ३६ खेलमा जित, १४ मा हार र १० बराबरीमा सकाएका छन्। कोहलीको कप्तानीमा भारतले घरेलु मैदानमा ११ टेष्ट सिरिज जितेकाे छ।
यसअघि धोनीले ६० खेलमा कप्तानी गरेका थिए। धोनीले २००८ देखि २०१४ सम्म कप्तानी गर्दै २७ खेलमा जित, १८ मा पराजित र १५ बराबरीमा सकाएका थिए।
भारतका लागि टेष्टमा सौरभ गांगुलीले ४९, मोहम्मद अजहरुद्दिन र सुनिल गावस्कारले ;समान ४७/४७ खेलमा कप्तानी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।