काठमाडाैं- अष्ट्रेलिया क्रिकेट बोर्डले वेस्ट इन्डिज र बंगलादेशविरुद्ध हुने टी२० आई र ओडिआई सिरिजका लागि १८ सदस्य टोली घोषणा गरेको छ। प्रमुख सात खेलाडीलाई बाहिर राख्दै बुधबार बोर्डले टाेली घाेषणा गरेकाे हाे।
अष्ट्रेलियाले आगमी अक्टोबर नोभेम्बरमा हुने टी२० विश्वकपलाई ध्यानमा राख्दै खेलाडीलाई मौका दिएको छ। टोलीमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, डेविड वार्नरसहित प्रमुख सात खेलाडी टोलीमा छैनन्।
स्मिथले कुहिनोको चोटका कारण नाम फिता लिएका थिए। वार्नर, म्याक्सवेल, प्याट कमिन्स, झेय रिचर्ड्सन, केन रिचर्ड्सन र मार्कस स्टोइनिसले पनि नाम फिर्ता लिएका छन्।
यता, अलराउन्डर डेन क्रिष्टियन र ब्याट्सम्यान बेन म्याकडर्मोट टोलीमा फर्किएका छन्। अष्ट्रेलिया टोली वेस्ट इन्डिजसँगको पाँच टी२० आई र तीन ओडिआईको लागि जुन २८ मा त्यसतर्फ प्रस्थान गर्ने छ। अष्ट्रेलियाले बंगलादेशसँग विश्वकपअघि पाँच टी२० आई सिरिज खेल्ने छ। तर, मिति भने तय हुन बाँकी छ।
अष्ट्रेलिया टोली : आरोन फिन्च (कप्तान), राइली मेरिडिथ, जोश फिलिपे, मिचेल स्टार्क, मिचेल स्विपसन, एश्टन टर्नर, एस्टन अगर, वेस अगर, जेसन बेहरनर्डोफ, एलेक्स केरी, डेन क्रिष्टियन, जेश हेजलवुड, मोइजेस हेनरिक्स, मिचेल मार्श, बेन म्याकडरमोट, एन्ड्रयू टाई, म्याथ्यु वेड र एडम जाम्पा।
वैकल्पिक खेलाडी : नाथम इल्स र तनविर संघा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।