काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कूल ३० अर्ब ३३ करोड रुपैयाँको बजेट प्रस्तुत गरे।
चालु आवका लागि ३३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो। प्रदेश सरकारले कोभिड उपचार तथा कोभिड खोपलाई बढी प्राथमिकता दिँदै बजेट ल्याएको छ। साथै सडक पूर्वाधार, शिक्षा पूर्वाभार, पर्यटन पूर्वाधार र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ।
प्रदेश सरकारले ल्याएको कूल बजेटमा चालु खर्चतर्फ १० अर्ब ६६ करोड ( ३५.१ प्रतिशत) पुँजीगततर्फ १७ अर्ब ६५करोड ( ५८.२ प्रतिशत) र अन्तर वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ७२ (५.७ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ प्रतिशत रहेको छ।
सरकारले खर्चको व्यवस्थापनमा भने कर राजस्व परिचालनबाट १ अर्ब ८ करोड, राजस्ज बाँडफाँडबाट ७ अर्ब ९२ करोड, संघीय रोयल्टी बाँडफाँटबाट ३ करोड ९४ लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ५४ करोड र चालु आवको विनियोजन रकमबाट ६ अर्ब ६८ करोड बचत हुने अनुमान गरेको छ।
सर्शत अुनदानबाट प्राप्त हुने ४ अर्ब १९ करोड, समपुरक अनुदानबाट प्राप्त हुने् १ अर्ब २२ करोड र विशेष्ष अनुदानबाट प्राप्त हुने ६१ करोड ३५ लाख र विकास साझेदारबाट प्राप्त हुने २ करोड ४६ लाख हुने अनुमान गरिएको छ।
अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघ सरकारको वित्तीय हस्तान्तरणबाट प्राप्त हुने १६ अर्ब ९२ करोड, विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्वबाट बचत ९ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।