काठमाडौं- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार बजेट विनियोजन गरेको छ।
कूल बजेटबाट चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम कूल बजेटको ४३.५ प्रतिशत हो। पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरिएको छ। उक्त रकम बजेटको ५५.७ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ २४ करोड छुट्याइएको छ।
गत वर्ष भन्दा कम रकमको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्तुत गरे। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ प्राप्त हुने आकलन गरिएको छ।
सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख प्राप्त हुने आधारममा बजेटको आकार बनाइएको छ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड ७० लाख प्राप्त गर्ने लक्ष्य लिएको छ। रोयल्टीबापत ३० करोड प्राप्त हुने आकलन गरिएको छ। आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड २७ लाख २७ हजार उठाउने लक्ष्य राखिएको छ।
प्रदेशको आन्तरिक स्रोत परिचालन अपेक्षाकृतरूपमा बढ्न नसकेको नवनियुक्त मुख्यमन्त्री पोखरेलले स्विकारेका छन्। राजस्व बाडँफाटबापत प्राप्त हुने रकम, संघबाट प्राप्त हुने अनुदानमा केही कमीले बजेटको आकार घटेको उनले बताए।
गण्डकी प्रदेश सरकारले २०७८/७९ का लागि विनियोजन गरेको बजेटको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।