काठमाडौं- न्युजिल्यान्ड क्रिकेट बोर्डले विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ।
शुक्रबारदेखि इंग्ल्यान्डको साउथ ह्याप्टनमा शुरु हुने भारतसँगको फाइनलको लागि न्युजिल्यान्डले अन्तिम टोली मंगलबार घोषणा गरेको हो।
केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डको टोलीमा पाँच प्रमुख तीव्र गतिका बलर छन्। इंग्ल्यान्डसँगको दोस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेका विल योंग स्पेलिष्ट ब्याटिङको रुपमा स्थान बनाएका छन्।
यस्तै, इंग्ल्यान्डसँग टेष्ट डेब्यूमै दोहोरो शतक प्रहार गर्ने डेभन कन्वे, दोस्रो टेष्टमा राम्रो प्रदर्शन गरेका स्पिनर अजाज पटेल र तीव्र गतिका बलर म्याट हेनरीलाई टोलीमा समेटेको छ।
यता, कोलिन डी ग्रान्डहोमले अलराउन्डरमा स्थान बनाएका छन्। टोलीमा इंग्ल्यान्डसँगको सिरिजमा रहेका डग ब्रेसवेल, जेकब डुफी, ड्र्याल मिशेल, रचिन रविन्द्र र मिचेल सान्टनर रहेका छैनन्।
फाइनल खेल्ने अन्तिम टोली :
न्युजिल्यान्डको टिम : केन विलियम्सन (कप्तान), टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, टिम साउथी, रस टेलर, निल वाग्रर, बिजे वाटलिङ र विल योंग।
भारतको टिम : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल, ऋद्धिमान शाह (विकेटकिपर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।