काठमाडौं- प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष 'मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम' सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
कोभिड-१९ का कारण रोजगारी गुमाएका तथा आफ्नै लगानीमा व्यवसाय सुरु गर्न नसक्ने युवाहरु, वैदेशिक रोजगारीबाट फर्किएका र अति विपन्न तथा पेसा व्यवसाय बन्द गर्नुपर्ने बाध्यतामा परेकाहरुलाई प्रत्यक्ष लाभ प्रदान गर्ने संघ, प्रदेश र स्थानीय तह तथा विकास साझेदारहरुसँगको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिने उनले बताए।
कार्यक्रमको विद्यमान ढाँचा परिवर्तन गरी सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदानको सुविधा प्रदान गरिने उनले घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।