काठमाडाैं- चालु आर्थिक वर्षमा प्रदेश १ को आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरिएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बूले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
उनले कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण आर्थिक वृद्धिदर घट्नसक्ने बताए।
गत वर्ष प्रदेशको आर्थिक वृद्धि १.१८ प्रतिशतले ऋणात्मक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।