काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार राशी घोषणा गरेको छ।
दुई वर्षसम्म चलेको टेष्ट च्याम्पियनसिपको फाइनल खेल भारत र न्युजिल्याण्डबीच शुक्रबारबाट प्रतिस्पर्धा हुँदैछ। च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर पाउने छन्।
यस्तै, उपविजेताले ८ लाख अमेरिकी डलर प्राप्त गर्ने छन्।च्याम्पियनसिपको अंक तालिका तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ४ लाख ५० हजार, चौथो स्थानको इंग्ल्याण्डले ३ लाख ५० हजार पाउने छ।
पाँचौं स्थानको पाकिस्तानले २ लाख अमेरिकी डलर पाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।