काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टिम (पुरुष) को जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धामार्फत् छनोट हुने भएकाे छ। नेपाली क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको हो।
क्यान र एमएसटीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका छन्। डिजाइनकर्ताले एसीसी र आइसीसीको जर्सी प्रोटोकललाई ध्यानमा राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रङ्ग संयोजनमा जर्सी डिजाइन गर्नुपर्नेछ।
नेपालको खेल परम्परालाई झल्काउने, नेपाली क्रिकेटको लिगेसीलाइ प्रतिबिम्बित गर्ने किसिमको जर्सी डिजाइन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
जर्सी डिजाइनको छनोटको अन्तिम निर्णय नेपाल क्रिकेट संघले गर्नेछ। खुल्ला प्रतिस्पर्धा मार्फत छनोट हुने उत्कृष्ट जर्सीको डिजाइनरलाई नगद एक लाख पुरस्कार प्रदान गरिने जनाइएकाे छ।
डिजाइन यही ४ असार भित्र [email protected] मा पठाउनु पर्नेछ।
छनोट समितिमा क्यानकोतर्फ दुई जना र एडप्याड को तर्फबाट एक जना सम्मिलित हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।