काठमाडाैं- न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्धकाे टेस्ट सिरिज जितेको छ। आइतबार सम्पन्न दोस्रो टेस्टमा घरेलु टिमलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २२ वर्षपछि इंग्ल्यान्डमा २ खेलको सिरिज १-० ले जिते हाे।
यसअघि पहिलो सिरिज बराबरीमा सकिएको थियो। न्युजिल्यान्डले पछिल्लो पटक सन् १९९९ मा इंग्ल्यान्डमा सिरिज जितेको थियो।
दोस्रो सिरिजको पहिलो इनिङ्ग्समा घरेलु टोली इंग्ल्यान्डले खराब ब्याटिङ गर्दै ३०३ रन जोडेको थियो। उसका लगि रोरी वर्न र डान लरेन्सले समान ८१-८१ रन जोडेका थिए।
तल्लोक्रमका ब्याट्सम्यान लरेन्स १ सय २४ बलमा १३ चौका सहित ८१ रनमा अविजित रहे। यस्तै, रोरीले १ सय ८७ बल खेल्दै १० चौका प्रहार गरे। मार्कवुड ४१ रनको योगदान दिए।
इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लले पहिलो विकेटका लागि ३० ओभरमा ७२ रनको संयमित साझेदारी गरेका थिए। सिब्लेलाई ३५ रनमा टम ब्लन्डेलबाट क्याच गराउँदै पहिलो विकेटको साझेदारी तोडेका थिए।
बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ विकेट लिएका थिए। पहिलो इनिङ्ग्समा न्युजिल्यान्डले ३८८ रन जोड्यो। उसका विल योङले ८२ रन र रोश टेलरले ८० रनको योगदान दिए।
पहिलो खेलमा दोहोरो शतक प्रहार गरेका डेभन कन्वेले १ सय ४३ बलमा १२ चौका सहित ८० रन बनाए। अनुभवी ब्याट्सम्यान रस टेलरले १ सय ३९ बलमा ११ चौका सहित ८० रनको इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो अग्रता लिएको थियो।
बलिङमा इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ४ विकेट लिए। म्याट हेनरीले ३, अजाज पटेलले २ विकेट लिए। दोस्रो इनिङ्ग्समा इंग्ल्यान्ड १२२ रनमा अलआउट भयो। जसका कारण न्युजिल्यान्डले ३८ रनको लक्ष्य पाएको थियो। सहज लक्ष्य न्युजिल्यान्डले २ विकेटको क्षतिमा पार गर्दै सिरिज जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।