काठमाडाैं– पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) २०२१ दौरान घाइते भएका दक्षिण अफ्रीकाका ब्याट्सम्यान फाप डु प्लेसिसकाे स्वास्थ्यमा सुधार आएकाे छ।
क्वेटा ग्लाडिएटर्सबाट खेलिरहेका प्लेसिस पेशावर जाल्मीविरुद्धको खेलमा घाइते भएका थिए। उनी फिल्डिङ गर्ने क्रममा आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किँएका हुन्। उनको टाउको मोहमदको घुँडामा ठोक्किएको थियो।
यो घटना इनिंगको ७औं ओभरमा भएको थियो। ब्याट्सम्यान डेभिड मिलरले शट खेल्दै बाउन्ड्रीतर्फ प्रहार गरेकाे बललाई बचाउने क्रममा उनीहरु ठाेकिएका थिए। स्लाइड गरेर चाैकालाई बचाउने क्रममा फापको टाउकोले मोहमदको घुँडामा लागेकाे थियाे।
खेल दौरान घाइते भएपछि उनलाई अबुधाबीको अस्पताल लगिएको थियाे। पाकिस्तानी मिडिया रिपोर्टका अनुसार उनलाई थप स्क्यान गरिएकाे छ र उनकाे अवस्था अहिले स्थिर रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।