काठमाडाैं- नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट गरिएको एकताकाे सकारात्मक भएको प्रतिकृया दिएका छन्।
कार्यदलस्तरको छलफललाई ओलीको वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको उनको भनाइ छ।
‘पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्नेछ। सर्बोच्चमा विचाराधिन बिषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत: संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुनेछ,’ उनले भनेका छन्।
ओलीको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वबीचमा सार्थक संवाद हुने र एकतालाई अक्षुण्ण राख्न मद्दत पुग्ने उनको अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।