काठमाडौं- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेका छन्।
शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।
मन्त्रालयमा पद बहाली गर्दै उनले जनकपुरस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी साे क्षेत्रको संरक्षण गर्ने बताए।
उनले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।