काठमाडौं– कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन युनिट स्थापनाका लागि क्रियसनलाई सहयोग गरेको छ।
कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालमा अक्सिन अभाव भएकाले कोकाकोला फाउन्डेशनले अक्सिजन प्लान्टका लागि सहयोग गर्न लागेको जनाएको छ।
यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्त्वपूर्ण चिकित्सा उपकरणमध्यको एक भएको कम्पनीको भनाइ छ।
यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको जानकारी दिइएको छ।
यी युनिट नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्या पनि पैदा नहुने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।