• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लुम्बिनीका मुख्यमन्त्री पोखरेल पुनः अल्पमतमा !

64x64
नेपाल लाइभ मंगलबार, जेठ १८, २०७८  १८:४३
1140x725

काठमाडौं- लुम्बिनी प्रदेश सभाबाट सोमबार राष्ट्रिय सभाका सदस्यलाई खसेको मतको आधारमा मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन्।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको साथले प्रदेश सभामा ४२ मतसहित आफू बहुमतमा रहेको पोखरेलको दाबी थियो। उनको उक्त दाबीलाई सोमबारको मतदानले खण्डित गरेको छ। सत्तारुढ दल नेकपा एमालेका आधिकारिक उम्मेदवार चन्द्रबहादुर खड्काको पक्षमा प्रदेश सभाबाट एमालेकै सांसदले मत नदिएको आशंका गरिएको छ। 

खड्कालाई प्रदेश सभा सदस्यबाट ४० जनाको मत प्राप्त भएको थियो। सत्ता पक्षका ४२ जना सांसदको मत खड्कालाई खस्नुपर्ने थियो। एक मत विजयी उम्मेदवार दृगनारायण पाण्डेको पक्षमा खसेको थियो भने अर्को एक मत बदर भएको थियो।

८३ जना सांसद रहेको लुम्बिनी प्रदेश सभामा सोमबार सम्पन्न उपनिर्वाचनमा खसेको मतका आधारमा पोखरेल स्पष्ट अल्पमतमा परेको विपक्षी दलको तर्क छ। जसपाका चार सांसद जोड्दासमेत ४० जना पोखरेलको पक्षमा देखिएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए।

कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष) र जनमोर्चाले गठबन्धन बनाएर पाण्डेलाई उम्मेदवार बनाएका थिए। विपक्षी चार दलमा कांग्रेस र माओवादी केन्द्रका १९/१९, जसपा (उपेन्द्र पक्ष)का दुई र जनमोर्चाको एक गरी कूल ४१ जना सांसद छन्। तर, संसद्बाट पाण्डेले ४२ जनाको मत पाए। थपिएको एक मत एमालेकै भएको देखिन्छ। एमालेको लुम्बिनी प्रदेश सभामा ३८ जना सांसद छन्। त्यसमध्ये विष्णु पन्थी र रमा घर्ती माधव नेपालपक्षमा खुलेका सांसद हुन्।

Ncell 2
Ncell 2

विपक्षी उम्मेदवारका पक्षमा एमालेकै सांसदको मत खसेपछि संसदीय दलको बैठकमा छलफल हुने भएको छ। संसदीय दलको बैठक बुधबार बिहान बोलाइएको छ।

बुधबार (जेठ १९) देखि संसदको बजेट अधिवेशन सुरु हुँदै छ। विपक्षी दलले संसद्मासमेत उक्त विषय प्रवेश गराउने भएका छन्। माओवादी केन्द्रकी सांसद दामा शर्माले बजेट अधिवेशनमा पनि सरकार अल्पमतमा परेको कुरा उठाउने बताइन्। ‘सरकार वैशाख १९ मै अल्पमतमा थियो। जबर्जस्ती शपथ गराइयो। नैतिकता भएको सरकार होइन,’ शर्माले भनिन्, ‘सोमबारको सांसदहरूको मत हेर्दासमेत मुख्यमन्त्री अल्पमतमा रहेको देखिएको छ। अब हामी राजीनामा माग्छौं।’

उपनिर्वाचनमा खसेको मतको आधारलाई हेर्दा सरकारले ल्याउने नीति तथा कार्यक्रम असफल हुने आकलनसमेत गरिएको छ। नीति तथा कार्यक्रम संसद्बाट पारित नभए नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ। तर, मुख्यमन्त्रीले राजीनामा दिने नैतिकता नदेखाउने कांग्रेस सांसद कनोडिया बताउँछन्। उनले भने, ‘अल्पमतले सरकार चलाइरहनुभएको छ। उहाँलाई बहुमत पुर्‍याएर देखाउन त हामीले भनिरहेकै छौं।’

एमालेको एकल सरकार बनाउन आफ्नो दलको बहुमत रहेको दाबी गर्दै वैशाख १९ मा राजीनामा दिएर सोही दिन पोखरेलले शपथ लिएका थिए। विपक्षी दलले पोखरेलको पक्षमा बहुमत नभएको दाबी गर्दै विरोध गरेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई काम मार्गप्रशस्त भएको छ । मंगलबार, माघ ६, २०८२
मनोनयन दर्ताको समय सकियो, २४०० भन्दा बढीको उम्मेदवारी अझै पनि केही उम्मेदवार लाइनमै रहेकाले यो सङ्ख्या केही बढ्न सक्ने बताए । मंगलबार, माघ ६, २०८२
सुधन गुरूङले दर्ता गरे रास्वपाबाट गाेरखा-१ मा उम्मेदवारी चुमनुब्री-३ का गुरूङ जेनजी आन्दाेलनबाट चर्चामा आएका थिए । मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्