काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को २०२१ संस्करणका बाँकी खेल यूएईमा हुने भएको छ।
भारतीय क्रिकेट बोर्डले शनिबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण रोकिएका बाँकी खेल सेप्टेम्बर र अक्टोबरबीच यूएईमा सञ्चालन गर्ने बताएको हो।
सहभागी केही खेलाडी र प्रशिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रतियोगिता मे ४ मा रोकिएको थियो।
प्रतियोगितामा अब ३१ खेल बाँकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।