काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) कोरोना संक्रमितको उपचार गर्न सरकारलाई अक्सिजन कन्सन्ट्रेटर दिने घोषणा गरेको छ।
सोमबार बीसीसीआईले २ हजार थान अक्सिजन कन्सन्ट्रेटर दिने घोषणा गरेको हो।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै भारत यससँग जुधिरहेको छ। स्वास्थ्य उपकरण र अक्सिजनको अभावमा कतिपय संक्रमितहरुले ज्यान गुमाएका छन्।
आउने केही महिनाको लागि बीसीसीआईले भारतभर अक्सिजन कन्सन्ट्रेटर वितरण गर्ने जनाएको छ। खाँचोमा परेकाले यो सुविधा लिन सक्नेछन्। यो सहयोगले महामारीको असर थोरै घटाउन सकिने बीसीसीआईले विश्वास लिएको छ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले कोरोना महामारी सबैभन्दा उच्च जोखिममा रहेको बेलापनि प्रन्टलाइनमा रहेर काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेका छन्।
‘वास्तवमै फ्रन्टलाइनर योद्धा हुन् र उनीहरु संक्रमितलाईलाई बचाउन निरन्तर काम गरिरहेका छन्,’ उनले भने, ‘बोर्डले सधैं स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएको छ र यसप्रति प्रतिबद्ध पनि छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।