काठमाडाैं- एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट सन् २०२३ सम्मका लागि स्थगित गरेको छ।
कोरोना महामारी र अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण आगामी २ वर्षका लागि प्रतियाेगिता स्थगित गरिएकाे एसीसीले जनाएको छ।
काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै ठूला चार एशियाई देशको यस वर्षको अन्त्यसम्म व्यस्त तालिका छ। यसका साथै एसीसीको बैठकले कोरोनाका कारण प्रतियाेगिता सारिएकाे हाे।’
यो वर्षको अन्त्यमा टी२० विश्वकप आयोजना हुँदैछ। यस्तै एसेज शृंखला र एक दिवसीय विश्वकप पनि हुने तालिका छ।
सन् २०१८ देखि एसिया कप हुन सकेकाे छैन। याे प्रतियाेगिता २०२० मा सारिएकाे थियाे। यद्यपि, केाराेना महामारीलेगर्दा एसिया कप २०२१ सम्मका लागि स्थगित गरिएको थियो।
यस वर्षको प्रतियोगिता पाकिस्तानबाट श्रीलंका सारिएको थियो। यद्यपि, श्रीलंकामा कोरोना महामारी उच्च रहेको छ।
यो बीचमा विभिन्न देशहरुसँग छलफल गरे पनि उपयुक्त समय नमिलेका २०२३ सम्मका लागि स्थगित गरिएकाे बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।