सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा सडक खण्ड
काठमाडौं– सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको (सिद्धबाबा)मा सुरुङ मार्ग निर्माणका लागि टेन्डर आह्वान भएकाे छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सुरुङ मार्ग निर्माणका लागि जुलाई सात सम्मको समय सिमा राखेर अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर गरेको हो।
सुरुङ मार्ग ईपीसी मोडलमा निर्माण हुनेछ। उक्त सडक खण्डमा बारम्बार पहिरो जाँदा सडम आगमन नै अवरोध हुने गरेका छ। सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएकाे वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।
दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ। यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नका लागि तीन वटा सहायक सुरुङ हुनेछन्। सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन्।
सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो हुने भए पनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने हुन्छ।
सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्ने टेण्डरमा उल्लेख छ। करिब ५ किमीको यो सिद्धबाबा सुरुङमार्ग आयोजनामध्ये ११२६ मिटरको टनेल, ७८० मिटरको डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप पोटेक्सन लगायतका कामहरु हुनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।