काठमाडौं- श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) र खेलाडीबीच विवाद सुरु भएको छ।
टोलीका २४ खेलाडीले नयाँ सम्झौताको प्रस्ताव अस्वीकार गरेपछि विवाद उत्पन्न भएको हो। सम्झौताको कोटाहरु विभाजित गर्ने क्रममा पारदर्शिता नभएको भन्दै खेलाडीहरुले विरोध जनाएका छन्।
क्रिकेट वेबसाइट क्रिकइन्फोका अनुसार नयाँ सम्झौतामा हस्ताक्षर गर्न खेलाडीहरूलाई ३ जुनसम्म समय दिइएको छ।
खेलाडीहरु एसएलसीको तर्फबाट लागू गरिएको नयाँ प्रणालीमा पारदर्शिताको माग गर्दै आएका छन्।
२०१९ देखि प्रदर्शनको आधारमा ५० प्रतिशत, खेलाडीको फिटनेसमा २० प्रतिशत र नेतृत्व, व्यावसायिकता र भविष्यको सम्भाव्यता र अनुकूलन योग्यताका लागि १० प्रतिशत दिन्छ।
अर्कोतर्फ, खेलाडीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अनुचित र गैरपारदर्शी सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छौनौं र हामी बोर्डसँग अनुरोध गर्छौं गनपोइन्टमा त्यसो गर्न नरोक्नुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।