काठमाडौं- नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा रञ्जित तामाङ झिनो मतान्तरले निर्वाचित भएका छन्।
गएराति सम्पन्न मतपरिणाम अनुसार तामाङले अर्का प्रत्यासी अनिल शर्मालाई २३ मतले पराजित गरेका हुन्। तामाङले ८४५ मत प्राप्त गरे भने शर्माले ८२२ ल्याए।
नवनिर्वाचित उपाध्यक्षमा तिलकराज भण्डारी, विजय गौतम, दीपक देवकोटा, पञ्चा सिंह, दीपेश पुन, रविकिरण यादव र इन्द्र भुसाल रहेका छन्। महासचिवमा उत्तम अधिकारी साथै कोषाध्यक्षमा केशव रावल विजयी भए। उपमहासचिव जिपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन्। आशा तमु भने यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चयन भइसकेकी थिइन्।
खुल्लातर्फको सचिवमा डिबी साउद, नरेश रेग्मी र महिला सचिवमा गंगा दाहाल विजयी भए। विश्वविद्याल कमाण्डमा सचिव अच्युत भट्ट चयन भएका छन्। संगठनमा ३३ सदस्यीय पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय समिति रहनेछ।
सम्मेलन भदौ ७ गते सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।