काठमाडाैं- काेराेना संक्रमण रोकथाम, नियन्त्रण एवम् संक्रमितकाे उपचारका निम्ति राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अभियान सुरु गरेका छन्।
उनले सोमबार ‘टिम सन्दीप’को नामबाट अभियान सुरु गर्दै सेन्चुरी कमर्सियल बैंकमा खाता खोलेर नगद ३ लाख रुपैयाँ जम्मा गरेका हुन्।
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने संख्या तीव्र गतिमा बढेको र देशले भयावह स्थितिको सामना गर्नुपरेकाले अभियान सुरु गरेको उनले बताए।
एकजुट भई आपसी सद्भाव र सहकार्यबाट कोरोना महामारी सामना गर्नुपर्ने उनले बताएका छन् । ‘हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।