काठमाडाैं- भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)काे छनोट समितिले आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल्ने भारतीय टोलीकाे घोषणा गरेको छ।
जुनमा इंग्ल्यान्डमा हुने टेष्ट च्याम्पियनसिप फाइनलका लागि शुक्रबार विराट कोहलीको कप्तानीमा भारतले आफ्नो २० सदस्यीय टोली घोषणा गरेको हो।
विश्व टेष्ट च्याम्पियनसिप फाइनल आगमी जुन १८ देखि २२ सम्म इंग्ल्यान्डको साउथह्याप्टमा हुनेछ। फाइनलपछि भारतले आयाेजक राष्ट्रसँग पाँच टेष्ट सिरिज पनि खेल्नेछ।
भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थानमा बनाएका थिए। भारतले दुई महिना अघि घरेलु मैदानमा इंग्ल्यान्डलाई चार टेष्ट सिरिज ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
भारतको टोलीमा अलराउन्डर हार्दिक पान्ड्या, युवा ओपनर पृथ्वी शा र स्पिनर कुलदीप यादव छैनन्।
यता,ओपनर लोकेश राहुल र ऋद्धिमान शाह टोलीमा स्थान बनाएका छन्। यद्यपि राहुलले यसै साता एपान्डिटाइसको कारण पेटको शल्यक्रिया गरेका थिए।
यता, ऋद्धिमानलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसैले उनीहरु खेल्ने नखेल्ने पक्का भएकाे छैन।
भारतको टोली
विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), ऋषभ पन्त (विकेटकिपर), रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, हनुमा विहारी, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल र ऋद्धिमान शाह
वैकल्पिक खेलाडी
अभिमन्यु ईश्वरन, प्रसिद्ध कृष्णा, आवेश खान र अरजान नागवासवाला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।