काठमाडाैं- आईसीसी महिला टी२० विश्वकप एसिया छनोट आगमी नोभेम्बरमा हुने भएको छ।
यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको उक्त प्रतियोगिता विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे कोरोना कारण सरेको थियाे।
तर, यही समयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले प्रतियाेगिता नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा गर्ने जनाएकाे छ।
प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि आठ देशको सहभागी हुनेछन्।
एसिया छनोटको विजेताले पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।
ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपको लागि स्थान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।